काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १०औं संस्करसाउन दुई गते सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
टाउन हल सभा सबै कर्मचारीका लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकताबद्ध हुने अवसर रहेको कम्पनीको भनाइ छ । कम्पनीले गरेको प्रगति, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताको बारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर पनि रहेको बताइएको छ । कर्मचारीमैत्री कार्यस्थल बनाउन र सम्पूर्ण टिमलाई कम्पनीको लक्ष्य पूरा गर्नका लागि व्यवस्थापन टिमसँग पङ्क्तिबद्ध भएर साथसाथ अघि बढ्न यस्तो सभाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभागअनुसारको कार्य तथा अन्तर्क्रिया नियमितरूपमा गर्ने गर्छन् । तर कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग त्रैमासिकरूपमा प्रत्यक्ष भेट्ने, कम्पनीको प्रगति तथा योजनाको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवम् छलफल गर्ने अवसरले संस्थाको सबै तहमा प्रभाकारी सञ्चार हुने तथा कर्मचारीलाई एउटै सूत्रमा ल्याउने यो उत्कृष्ट माध्यम रहेको कम्पनीको भनाइ छ । कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरू कर्मचारीलाई आफ्ना विचारहरू प्रस्तुत गर्न र सशक्त बनाउनका लागि अत्यन्त महत्वपूर्ण रहने कम्पनीको भनाइ छ ।