काठमाडौं । सानिमा बैंक लिमिटेड र स्विस कन्ट्याक्टबीच साझेदारी भएको छ । बैंकका अनुसार स्विस कन्ट्याक्टको नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज–२ अन्र्तगत कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारीरूपमा वित्तीय पहुँच पु-याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको हो ।
कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुनेछ । यस सहकार्यअनुसार कृषि कर्जाको प्रक्रियालाई प्रविधीकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरूको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यावसायिक साक्षारता कार्यक्रमको आयोजना गर्ने तथा कृषि उद्यमीको आवश्यकतालाई प्रभावकारीरूपमा पूरा गर्न बैंकका कर्मचारीलाई प्रशिक्षण दिनेजस्ता कार्य गरिनेछ ।
सोअवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, तेजबहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिए । बैंकको हाल सातवटै प्रदेशमा गरी एक सय ३२ वटा शाखा कार्यालयहरू र एक सय २२ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।