काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले गोल्ड अवार्ड जितेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान)द्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरीअन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ का लागि बोटलर्सलाई गोल्ड अवार्ड प्रदान गरिएको हो ।
आर्थिक वर्ष २०७८÷७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि कम्पनीलाई यो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ का लागि सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो । उक्त पुरस्कार अर्थमन्त्री डा प्रकाशशरण महतले आइक्यानद्वारा आयोजित एक कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए ।