काठमाडौं, वैशाख १६
नेपाल एलपी ग्यास उद्योग संघले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सोमबार उक्त सहयोग रकमबराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त हस्तान्तरण कार्यक्रममा ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा अन्य विभिन्न पदाधिकारीहरु समेत उपस्थित थियो ।
सो कार्यक्रममा मन्त्री भट्टले मुलुकमा रहिरहेको लकडाउनले आम सर्वसाधारणहरुको जीवनयापनमा आइपरेको संकटको यस घडीमा समेत ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव हुन नदिएको भन्दै ग्यास उद्योग संघका पदाधिकारी मार्फत व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।