काठमाडौं । ६ दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।