काठमाडौं । चारदिन अघि तामाङ र मगर समुदायका विभिन्न समूहले उजुरी दिएको आधारमा अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।
पाण्डे विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी थिइन । जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डे विरुद्ध जाहेरी परेको छ । यसबारेमा हामीले पक्राउ पुर्जी जारी गरेका छौं अधिकारीले भने ।
यसअघि पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् । काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले पाण्डेको खोजी भइरहेको बताएका छन् ।