काठमाडौं,अवैध लागुऔषसहित देशका विभिन्न स्थानबाट १८ जना पक्राउ परेका छन् । मोरङ रंगेली नगरपालिका९४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित भारत अररिया मज्ररक पञ्चायत ९१ बौकामज्रक बस्ने ७० वर्षीय भल्लु पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै,दाङको घोराही उपमहानगरपालिका९१४ तिनकुने चोक सिर्जनशील टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका९१४ घर भएका अर्जुन पुन समेत ३ जनालाई अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै,कञ्चनपुर भिमदत्त नगरपालिका९११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ९३ मिलिग्राम र चरेश २८ मिलिग्रामसहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका९७ बस्ने २१ वर्षीय भरत बम, सोही ठाउँ बस्ने ३३ वर्षीय बिशाल गुरुङ, भिमदत्त नगरपालिका९१२ बस्ने १८ वर्षीया किशोरी र डडेलधुरा पर्शुराम नगरपालिका९१२ जोगबुढा बस्ने ३१ वर्षीय लक्ष्मण कामी रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसैगरि मकवानपुरको हेटौंडा उपमहानगरपालिका९११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्रामसहित बारा निजगढ नगरपालिका९१ पटिहारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्याङको प्रहरीले बा।प्र०३।००१ ख २७६२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका९१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका९१४ हवल्दारपुर बस्ने २७ वर्षीय शैलेन्द्र कुमार गुभाजुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका९८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन बिश्वकर्मा समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
कैलाली, गोदावरी नगरपालिका९८ स्याउले बजारमा चम्फा ट्याक्टरको पार्टपुर्जाको पसल गरी बस्ने धनगढी उपमहानगरपालिका९५ हसनपुर घर भएका ३२ वर्षीय शरद चौधरी र सोही बजारमा फेन्सी स्टोर पसल गरी बस्ने ३२ वर्षीय मधुसुदन पन्तलाई अवैध लागूऔषध खैरो हेरोइनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीलाई ६ ग्राम ७ सय ९० मिलिग्राम र पन्तलाई २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका९५ सत्कार चोकबाट सोही उपमहानगरपालिका९४ बस्ने ३५ वर्षीय भरत चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ९० मिलिग्रामसहित बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, औरही गाउँपालिका९५ दश गजाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलो बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको एक जना अपरिचित व्यक्तिले झोला फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त गाँजा फेला पारेको हो ।प्रहरीले यि सवै घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ।