काठमाडौं,तनहुँ ब्यास नगरपालिका-१० बोटेगाँउ बैरेनीस्थित मादी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै,नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका १३ शिखरौलीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ५० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका(५ स्थित राना फास्ट फुड होटल संचालन गरी बस्ने पर्वत पैयूं गाउँपालिका ७ भोर्ले घर भएका ३६ वर्षीय टेक बहादुर राना सोही होटलको आफु सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै ताप्लेजुङको, सिरिजंगा गाउँपालिका ३ ओर्पा घर भई फुङलिङ नगरुपालिका ५ बुद्ध चोकमा डेरा गरी बस्ने ५२ वर्षीया सृजना लिम्बु आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
जाजरकोट, नलगाड नगरपालिका १ बस्ने ३८ वर्षीय हरिस बिक सोही ठाउँस्थित कोदेको जंगलमा भीरबाट खसेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।