काठमाडौं । थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।
गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ। गाडीमा सवार पाँच जना रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए। गाडी के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन । घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेको छ।