काठमाडौं । सानिमा बैंकले ‘सानिमा फाइभ इन वान’ सेवा सार्वजनिक गरेको छ । सानिमा फाइभ इन वान सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत स्वरूप हो । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सीआस्वा र मेरो सेयरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो ।
यो सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफार्ममार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सीआस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकलाई सहज बनाउने बैंकको विश्वास छ । बैंककोे सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय र एक सय २२ वटा एटीएम सञ्जाल रहेको बैंकले जनाएको छ ।