नागरिक उड्डयनमन्त्री सुदन किराँती आइतबार दिउँसो छड्के चेकजाँचको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । किराँतीले विमानस्थलको डिपाचर तर्फको (कार्गो एन कुरियर सेवा)को बैधानिकता को बारेमा जानकारी लिएका थिए । मन्त्री किराँतीले (कार्गो एन कुरियर सेवा) कानुन सम्मत नभए भोलि १० बजे भित्र हटाउने बताएका छन् । मन्त्री किराँती त्यहाँबाट फर्किसकेका छन् ।