काठमाडौं । ‘आईएमई पे’ले आन्तरिक हवाई उडानमा फल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । यो अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा दुई सय रूपैयाँ क्यासब्याक पाउने छन् । यो अफर साउन ७ देखि साउन २६ सम्म चल्नेछ । उक्त छुट सेवाग्राहीले ‘आईएमई प’ेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्नुहुन्छ । सो अफर अवधिभित्रमा एयरलाइन्सको टिकट काट्नु हुने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुटसहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने छन् ।