काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आइतबार समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिसभाको बैठक सहज ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।