धनुषा । जनमत पार्टीका मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् ।
दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाउएको जनमत पार्टीका नेता विपी साहले बताए । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादवले गत जेठ ९ गते नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपानेलाई दिएका थिए ।
कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको साहले बताए ।