काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिका लागि सेयरबजार सचेतना एवम् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा गरिएको सो कार्यक्रममा २० जनाभन्दा बढीको सहभागिता रहेको क्यापिटलले जनाएको छ । कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित रहेको बताइएको छ ।
पुँजीबजारमा सुरुवाती प्रवेश कसरी गर्ने ? मेरो सेयर कसरी चलाउने ? सेयरबजारसम्बन्धी सूचनाको स्रोतहरू आदि विषयमा सामूहिक अन्तरक्रिया गरी कार्यक्रम सञ्चालन गरिएको क्यापिटलले जनाएको छ । शारीरिक तथा मानसिक कमी–कमजोरी भई अपांगता भएका ‘क’ तथा ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको समेत उनले जानकारी दिए । प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समयसमयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।