काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको बाँडफाँट कार्य हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्काशन गरेको प्राथमिक सेयरको बाँडफाँट गर्न लागेको हो ।
कम्पनीका अनुसार बिओके क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला गरिएको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीको निमित्त दुई लाख कित्ता सेयरको लागि २०८० असार १९ गतेदेखि २०८० साउन दुई गतेसम्म तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आठ लाख कित्ता सेयरको लागि २०८० असार १९ गते देखि २०८० साउन नौ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । सेयरको मंगलबार बाँडफाँट गरिने कम्पनीले जानकारी दिएको छ ।