वासिङटन । अमेरिकी उत्पादन क्षेत्रमा जुलाईमा लगातार नवौँ महिना संकुचन देखिएको मंगलबार सार्वजनिक एक सर्वेक्षणको तथ्यांकले देखाएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम)को उत्पादन सूचकांक जुनमा ४६ प्रतिशत रहेकोमा गतमहिना ४६ दशमदज ४ प्रतिशतमा झरेको छ र यसले संकुचनको सुस्त दरलाई संकेत गरेको थियो ।
आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले भने, ‘माग कमजोर छ तर जुनको तुलनामा थोरै राम्रो छ, कामको कमीको कारण उत्पादन सुस्त भएको छ र आपूर्तिकर्ताहरूसँग आपूर्ति क्षमता मजबुत छ ।’
फेडरल रिजर्भको मौद्रिक नीतिमा कडाइले कम्पनीको खर्चमा पनि असर पारेको छ भने वस्तुको मागले उपभोगलाई सेवातर्फ मोड्न थालेपछि यो कमजोरी आएको हो । गतवर्ष बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन ब्याजदर घटाउँदै आएको छ र यसको कार्यले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई असर गरिरहेको छ । जुलाईको आईएसएम रिपोर्टले नयाँ अर्डरहरू र उत्पादन सूचकाङ्कहरू दुवैले केही सुधार सङ्केत गरे पनि उत्पादन संकुचनमा रहेको देखिएको छ ।
पेट्रोलियम र कोइला उत्पादनका साथै फर्निचर र सम्बन्धित उत्पादनहरू गरी दुई उत्पादन उद्योगहरूमा जुलाईमा वृद्धि भएको छ भने अन्य १६ वटामा संकुचन आएको छ ।