काठमाडौं । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआईएमबी एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंकसँग सेयर रजिस्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । सम्झौतामा क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरे ।
यो नवीकरणले सेयरधनीलाई प्रभावकारी र विश्वासिलो सेयर रजिस्ट्रार सेवा प्रदान गर्ने विश्वास कम्पनीको छ । साथै, क्यापिटल र बैंकको साझा प्रतिबद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्नेछ । दुुवै संस्थाले विगत वर्षदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालासँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेको कम्पनीले बताएको छ ।
यो नवीकरणले एकअर्काको सेवाप्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआईएमबी एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाको असाधारण गुणस्तरलाई पनि पुष्टि गरेको छ ।