काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या सार्वजनिक गर्दै आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेका छन् ।

गण्डकीमा ६६ हजार ६८७, बागमतीमा १ लाख ४७ हजार ३५३, सुदूरपश्चिममा ८० हजार ४८२, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१० जना र बागमतीमा सबैभन्दा बढी पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ ।