काठमाडौंं । प्रताप दास गायक र नव गायिका नम्रता खरेलको स्वरमा रहेको बहार गीत भिडियो सहित सार्वजनिक गरिएको छ । यस सार्वजनिक गरिएको गीतमा शब्द सागर अधिकारी शरदको रहेको छ भने कुमार के.सी.को मिक्सिङ, मास्टरिङ बिनोद कुमार भुजेलको रहेको छ ।
निर्देशन तथा छायाँकन अनिक के मानन्धरको रहेको छ । भिडियोमा निक्स शर्मा र दिभ्यानी ओली फिचर्ड छन् । अरुण खरेल भिडियोको निर्माता हुन् । समसामयिक कथामा निर्माण गरिएको भिडियो उत्कृष्ट बनेको छ । नम्रता खरेलको अफिसियल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । एक्स)डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण गरिएको भिडियोमा दिन्सन शाहको सम्पादन रहेको छ ।