काठमाडौं । बुधबारदेखि कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बिहीबर पनि बस्दै छ । बैठक सुरू भएको पहिलो दिन १८ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँच/पाँच मिनेट समय दिइएको छ । बिहीबार पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् । समसामयिक राजनीतिक र सरकारको कामकारबाहीको वियमा बैठकमा छलफल भइरहेको छ ।