बंगलादेश । बंगलादेशको अर्थतन्त्रको आकार करिब १६ खर्ब पुग्ने देखिएको छ । वल्र्ड इकोनोमिक्स रिसर्चले सार्वजनिक गरेको एक रिपोर्टअनुसार सन् २०२३को अन्त्यसम्म बंगलादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार १५ खर्ब ७७ अर्ब अमेरिकी डलर पुग्नेछ । बंगलादेशमा अनौपचारिक अर्थतन्त्र बढ्दै गए पनि जीडीपीको आकार पनि बढ्ने देखिएको छ । प्रतिवेदनले औपचारिक र अनौपचारिक दुवै अर्थतन्त्रलाई समेटेको छ ।
प्रतिवेदनले बंगलादेशको अनौपचारिक अर्थतन्त्रको आकार तीन खर्ब २४ अर्ब डलर पुगेको देखाएको छ । एसियाली क्षेत्रका ३२ देशहरुमध्ये बंगलादेशको अर्थतन्त्र द्रुत गतिमा वृद्धि भइरहेको पनि प्रतिवेदनमा उल्लेख छ । तर, सरकारी तथ्यांकलाई विश्वास गरिसक्ने स्थिति नरहेको पनि उल्लेख गरेको छ ।