काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव २५ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार तीन अंकले उकालो लागेर दुई हजार ८९ दशमलव ८४ बिन्दुमा कायम रहन सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि आज एक दशमलव २५ अंकले उकालो लागेर तीन सय ९९ दशमलव ५४ अंकमा कायम रहेको छ ।
धितोपत्र बजारमा आज दुई सय ६२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४० हजार सात सय ७४ पटकको कारोबारमा ५१ लाख ३० हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७८ करोड १९ लाख ४१ हजार सात सय एक रुपैंयाँ ८१ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत र निर्जीवन बीमा उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, लगानी, जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।