काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा बिहीबार काठमाडौंको होटल एम्बेस्डरमा ए एमएल÷सिएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाअनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्णरूपमा लागू गराउन सूचक संस्थाहरूले गोएएमएल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आबद्ध हुनुपर्ने प्रावधानबमोजिम नियामक निकायका विज्ञहरूबाट जानकारीमूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा रहेका सबै मर्चेन्ट बैंकरका प्रतिनिधिको उपस्थिति थियो ।