काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङका ग्राहकलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डाएगनोस्टिक्स एण्ड वेलनेस सेन्टर” सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङका ग्राहकहरूले शुक्र हाउस अफ डाएगनोस्टिकस् एन्ड वेलनेस सेन्टर’का विभिन्न सेवामा विशेष १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।