काठमाडौं । सरकार गैरजिम्मेवार भएको भन्दै काठमाडौंको थापाथली क्याम्पस स्ववियुले शुक्रबार क्याम्पसअगाडि प्रदर्शन गरेको छ।

रोजगारका र पढ्नका लागि विदेश जाने क्रम बढिरहेको हुँदा उनीहरुले 'त्रिवि रोज्ने कि त्रिभुवन विमानस्थल' ? भन्ने प्रश्न पनि गरेका छन् । सरकारले झुटो आशा देखाउएर जनतालाई निराश बनाउने गरेको उनीहरूले आरोप लगाएका छन्।