काठमाडौं । सानिमा बैंकले फुडमान्डुसँग सम्झौता गरी क्यासब्याक अफर ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नका लागि यस्तो सम्झौता गरेको जनाएको छ । सम्झौता अनुसार सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले योजना अवधिभर प्रत्येक शनिबार फुडमान्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।
सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने छन् । ग्राहकहरूले उक्त भुक्तानी भएको एक हप्ताभित्र क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजना २० श्रावण, २०८० देखि २० माघ, २०८० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने बताइएको छ । बैंकले देशको सातै प्रदेशमा एक सय ३२ वटा शाखा कार्यालय तथा एक सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।