काठमाडौं । वैदेशिक रोजगारीमा जान चाहनेले अबदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी)को कन्सुलर प्रमाणीकरण सेवा अनलाइनबाट लिन सक्नेछन् । कन्सुलर सेवा विभागमा आइतबार आयोजित एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी)को कन्सुलर प्रमाणीकरण अनलाइन माध्यमबाट हुने कार्यको शुभारम्भ गरेसँगै उक्त सेवा घरमै बसेर लिन सकिने भएको हो ।
विभागका महानिर्देशका प्रकाशमणि पौडेलले भौतिकरूपमा उपस्थित हुनुपर्ने सेवाग्राहीको बाध्यता हट्न गई घरमै बसी अनलाइन प्रणालीबाट कन्सुलर प्रमाणीकरणसहितको पीसीसी सेवा लिई लाभान्वित हुने बताए ।