काठमाडौं । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रमुख तीन दलका शीर्ष नेताको दलहरु सहमतिमा नपुगेका कारण दिउँसो ४ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सोमबार दिउँसो फेरि बस्ने गरी सकिएको हो ।