काठमाडौं । स्टार्टअप उद्यमको रूपमा स्थापना भई केक उत्पादनको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि बढेको ओहो केकको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित नारायण राजवंशी नियुक्त भएका छन् ।
ओहो केक र राजवंशीबीच भएको सहमतिअनुसार दुवैले विभिन्न प्लेटफार्ममा एक अर्कालाई इन्डोर्स गर्नेछन् । सोमबार भएको एक कार्यक्रममा दुवै पक्षबीच सम्झौता भएको हो । सो कार्यक्रममा ओहो केकका संस्थापक दिव्येश गिरिले नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्यलाई ओहो केकसँग आबद्ध गर्दा आफूमा उत्साह बढेको बताए । ओहो केक, उत्कृष्ट केक र पेस्ट्रीहरू बनाउनमा चर्चित रहेको छ ।