काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन तीन दशमलव २१ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २८ दशमलव ४० अ्रंकले ओरालो लागेर तीन सय ८५ दशमलव ५६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८६ अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ५६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ६५ वटा कम्पनीहरुको ७४ हजार दुई सय ५७ पटक सेयर किनबेच भएको छ । जसबाट ४८ लाख ६० हजार सात सय ४१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ७३ करोड ७० लाख १४ हजार चार सय ९९ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुमहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।