काठमाडौं,साताको सुरुवाती कारोबार दिन देखि नैं लगातार ओरालो लागेको सेयर बजारमा हरियाली देखिएको छ । यसअघि निरन्तर घट्दै आएको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ४१ दशमलव शुन्य छ अंकले उकालो लागेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ४८ अंकले उकालो लागेर तीन सय ९३ दशमलव शुन्य पाँच बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ६५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ७७ हजार पाँच सय एक पटकको कारोबारमा ५० लाख १० हजार सात सय १६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ रुपैंयाँ ६१ पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक घटेर बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुमहरुको सुचक उकालो लागेका छन् ।