काठमाडौं । मल्टिपर्पस फाइनान्सले हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । फाइनान्सले यही भदौ १० गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँमध्येबाट एक बराबर शून्य दशमलव ३५ प्रतिशतको अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । अधिकृत पुँजी ८० करोड र जारी पुँजी ६१ करोड दुई लाख रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने फाइनान्सको चुक्ता पुँजी ६१ करोड दुई लाख ४१ हजार रुपैयाँ पुग्ने छ । मुक्तिनाथ क्यापिटलमार्फत यही भदौ १० गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य भदौ ३१ गते बन्द हुने बताइएको छ ।