काठमाडौं । अरुण काबेली हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच सय रुपैयाँमध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ८५ लाख ६२ हजार पाँच सय पाँच कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमार्फत यही भदौ आठ गतेबाट खुला हुने हकप्रद सेयरको बिक्री कार्य भदौ २८ गते बन्द हुने बताइएको छ । अधिकृत पुँजी पाँच अर्ब र जारी पुँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी तीन अर्ब ७१ करोड चार लाख २१ हजार रुपैयाँ पुग्ने बताइएको छ ।