काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेभसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४७ वटा एटीएम तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख २५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।