काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १४ दशमलव ८१ अंकले उकालो लागेर दुई हजार ८० दशमलव ८६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले उकालो लागेर तीन सय ९८ दशमलव शुन्य सात बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट आज ९५ हजार नौं सय ६५ पटकको कारोबारमा ९७ लाख १८ हजार सात सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, सामुहिक लगानी कोष र टे«डिङ उपसमुहहरुको सुचक उकलो लागेका छन् ।