चीन । चिनियाँ बैंकहरूको कर्जा विस्तार सन् २००९ यताकै न्यून विन्दुमा आएकोे छ । पिपुल्स बैंक अफ चाइनाले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाई महिनामा तीन खर्ब ४५ अर्ब युआन (४७ अर्ब ८० करोड अमेरिकी डलर) बराबरको नयाँ कर्जा प्रवाह भएको छ ।
यो तथ्यांक सन् २००९ नोभेम्बर यताकै न्यून हो । सन् २००९को नोभेम्बरमा दुई खर्ब ४८ अर्ब युआन कर्जा प्रवाह भएको थियो । जुन महिनामा चिनियाँ बैंकहरूले ३० खर्ब ५० अर्ब युआन कर्जा प्रवाह गरेका थिए । यस आधारमा जुलाई महिनामा बैंकहरूले जुनमा भन्दा साढे ८८ प्रतिशत कम कर्जा प्रवाह गरेका छन् ।
पछिल्लो समय चीनमा उपभोग खुम्चदै गएपछि कर्जा प्रवाह पनि संकुचित हुँदै गएको छ । चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने नीति लिएपनि बजारमा कर्जाको माग बढ्न सकेको छैन । बजारमा माग नै नभएपछि औद्योगित गतिविधि सुस्ताएको छ । जसकारण संस्थागत कर्जाको माग घटेको छ । घरजग्गा क्षेत्रमा जाने कर्जामा पनि उच्च गिरावट आएको छ ।