काठमाडौं, वैशाख १८
ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा सात करोड ८७ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । संस्थाले आर्जन गरेको यो मुुनाफा गत आवको सोही अवधिको तुुलनामा झण्डै छ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा संंस्थाको यस्तो मुनाफा एक करोड ९६ लाख सात हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब २० करोड ८७ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब पाँच करोड ९४ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ३७ लाख ५८ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १२ करोड ३६ लाख ९१ हजार रुपैयाँ रहेको संस्थामा शुन्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५६ करोड ६४ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २० करोड ४४ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड १८ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ९१ लाख एक हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव पाँच प्रतिशत रहेको थियो ।