काठमाडौं, वैशाख १८
प्रभु इन्स्योरेन्सले प्रदान गर्ने कोरोना बीमा सेवा प्रभु–पे, वालेटबाट लिन सकिने भएको छ । प्रभु इन्स्योरेन्स र प्रभु–पेबीच भएको समझदारीपश्चात् कम्पनीका ग्राहकहरुले घरमै बसेर कोरोना बीमाका साथै अन्य बीमा सेवाहरु समेत लिन सकिने व्यवस्था मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले जानकारी दिएका छन् । कम्पनीले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरु अनलाइन सिस्टममार्फत प्रदान गर्दै आइरहेकोले लकडाउनको समयमा समेत सम्पूर्ण सेवाहरु सहजरुपमा प्रदान गरिरहेको जानकारी दिएको हो । हाल चुक्ता पुँजी एक अर्ब ५० लाख ७६ हजार रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ८९ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ४४ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।