काठमाडौं । ग्लोकल प्रालिले ग्लोकल टिन हिरो नेपाल नवौँ संस्करणमा आवेदन दिने प्रतिभावान किशोर/किशोरीबाट उत्कृष्ट २० घोषणा गरेको छ । देशभरबाट आएको ६८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रियामार्फत २०२३ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०/२० चयन गरिएको हो ।
२०/२० किशोरकिशोरीले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखकजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । उत्कृष्ट २० मा आर्यन सिग्देल, अतिथि अधिकारी, अविनाश कुमार पासवान, दीक्षा भारती, दिवश सर्राफ, माधव खनाल, निराजन रिमाल, प्रकाश बडु, प्रकाश पन्त, प्रीति पन्थ, रोशन पण्डित, रिशमकुमार साह, सदीक्षा घिमिरे, सागर बुढा, सागर गुप्ता रहेका छन् । यस्तै, समिप पौडेल, श्रुति तिवारी, शुभम् उप्रेती, सुमित्रा आचार्य र सुशन श्रेष्ठ पनि उत्कृष्ठ २० मा छनोट भएका छन् ।
ग्लोकल टिन हिरो किशोरकिशोरीलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो । यो किशोरकिशोरीलाई पहिचान गर्ने र उनीहरूको प्रभावकारी काम र अग्रगामीलाई प्रोत्साहन गर्ने एउटा पहल हो । समाजमा रहेका प्रतिभाशाली किशोर/किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।