काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत सोङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बुधबार वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको होे । प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र केन्द्रीय सदस्य लिमा अधिकारीलगायतको वार्तामा सहभागिता रहेको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।
सो अवसरमा मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयमा उनीहरूबीच छलफल हुनु का साथै नेपाल र चीनबीच आपसी चासोका विषयमाथि पनि छलफल भएको थियो । राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको र सोबारे यथाशीघ्र समाधानका पहल गरिने बताए ।