काठमाडौं । सीवाईसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ५६ लाख ३९ हजार नौ सय २० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ करोड ६७ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा दुई अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १४ करोड ११ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३४ लाख ९९ हजार रूपैयाँ रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव ६३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३८ करोड ६२ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४४ करोड ३७ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ४१ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ७५ प्रतिशत रहेको थियो ।