काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ४५ लाख ६६ हजार सात सय ९७ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १५ करोड ५६ लाख ३६ हजार एक सय एक रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६५ करोड ३३ लाख ८२ हजार छ सय २८ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा दुई अर्ब ६१ करोड ४७ लाख १० हजार ७५ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब तीन करोड ७० लाख ४८ हजार तीन सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४५ करोड ४२ लाख ९२ हजार एक सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने तीन करोड तीन लाख ४१ हजार तीन सय १७ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव शून्य एक प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ७४ करोड २३ लाख दुई हजार ४१ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८६ करोड २६ लाख ३३ हजार छ सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५८ करोड १० लाख नौ हजार एक सय एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ४२ प्रतिशत रहेको थियो ।