काठमाडौं । बिपी डब्लु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा १२ लाख ६६ हजार सात सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ३४ लाख २५ हजार पाँच सय ५० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन करोड रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा चार करोड ८२ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १७ करोड ८५ लाख ९८ हजार दुई सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७९ लाख ४२ हजार नौ सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० लाख ४२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३४ प्रतिशत रहेको छ ।