काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले २०७९/८० मा पाँच करोड ७८ लाख ९९ हजार पाँच सय ७५ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २१ करोड २६ लाख ६८ हजार सात सय ८५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा तीन अर्ब ४६ करोड ६३ लाख ४८ हजार ७५ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब पाँच करोड ७४ लाख ७१ हजार एक सय ४७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४३ करोड ६२ लाख ८३ हजार तीन सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड ९८ लाख ५२ हजार दुई सय २३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ५३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब २० करोड ८३ लाख आठ हजार पाँच सय ४६ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ९१ करोड ७२ लाख ७१ हजार एक सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६३ करोड ३४ लाख आठ हजार तीन सय ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५५ प्रतिशत रहेको थियो ।