काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चार दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सञ्चालक समितिको यही साउन ३० गते रजिस्टर्ड कार्र्यालय कुपण्डोलमा बसेको १५ औँ बैठकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेसनल फन्ड २०७९ साल मंसिर २० गते स्थापना भई मिति २०७९ चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा हेज फन्ड सञ्चालन गर्न इजाजत प्राप्त संस्था हो ।