काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने उकालो लागेको छ । अघिल्लो दिन २० दशमलव ३१ अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज आठ दशमलव शुन्य एक अंकले उकालो लागेर दुई हजार ३३ दशमलव १३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज एक दशमलव शुन्य आठ अंकले उकालो लागेर तीन सय ८७ दशमलव ३८ बिन्दुमा कायम रहेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४३ हजार पाँच सय ९१ पटकको कारोबारमा ४० लाख नौं हजार दुई सय ६३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ६७ हजार तीन सय ९८ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।