काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा थप दुई विशेषज्ञ चिकित्सकले ओपीडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्राडा मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा किरण आचार्यले नर्भिक हस्पिटलमा ओपीडी सेवा थालेका हुन् ।
डा बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपीडीमा उपलब्ध हुनेछिन् । यस्तै, डा आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान साढे आठदेखि साढे १० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन् । डा बिष्ट प्रोफेसर पनि हुन् । उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको अस्पतालले जनाएको छ । यस्तै, बिष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञमध्येका एक हुन् । दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।