काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर कम्पनीले हकप्रद सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही भदौ १८ गतेबाट हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँमध्येबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक बराबर एक अर्थात् १ः१ को अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयरको बिक्री आह्वान गरेको हो ।
हकप्रद सेयर बिक्रीको लागि कम्पनीको सेयर निष्काशन एवम् बिक्री प्रबन्धकको रूपमा नागरिक लगानी कोष रहेको छ भने सहबिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही असोज सात गते बन्द हुने बताइएको छ ।