काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले खुद नोक्सानी व्यहोरेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड २४ लाख १७ हजार सात सय छ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा भने संस्थाको यस्तो नाफा ११ करोड २३ लाख १० हजार चार सय २८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४९ रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ५४ करोड ७३ लाख १४ हजार आठ सय नौ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८८ करोड ७४ लाख ८० हजार एक सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३४ करोड ७४ लाख ३८ हजार दुई सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने तीन करोड ९७ लाख एक हजार एक सय ४८ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ९७ करोड १५ लाख ८५ हजार सात सय ५१ रुपैैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८० करोड ४१ लाख ७७ हजार नौ सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४५ करोड १५ लाख ९४ हजार एक सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव ६५ प्रतिशत रहेको थियो ।